मोरङमा ट्रयाक्टर दुर्घटना हुँदा एकको मृत्यु, १८ जना घाइते

मोरङ— मोरङमा ट्रयाक्टर दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् ।
रंगेली नगरपालिकाको आमतोलामा शनिबार दिउँसो भएको दुर्घटनामा ग्रामथान गाउँपालिकाकी ६० वर्षीया वैशाखी चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
आमतोला–तेतरियाको भित्री सडक खण्डमा प्रदेश १–०१–००१ त ९५५३ नम्बरको ट्र्याक्टर अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीको भनाइ छ ।
घाइतेहरूको रंगेली र विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ट्र्याक्टर चालक ग्रामथानका करिब ३१ वर्षीय बालक माझी फरार भएका छन् ।
प्रकाशित मिति: शनिबार, वैशाख २, २०८० १७:४९