News Griha :: न्यूजगृह
सिरहामा जङ्गली हात्तीको आक्रमणबाट वृद्धको मृत्यु

सिरहा— सिरहामा जङ्गली हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । 

गोलबजार नगरपालिका–१ लमाडडामा शुक्रबार राति नाच हेर्न गएका बेला हात्तीको आक्रमणबाट गोलबजार नगरपालिका–३ गोलामुक्सारका ७४ वर्षीय तुलबहादुर आलेमगरको ज्यान गएको हो । 

नाच हेरेर फर्किने क्रममा गोलबजार नगरपालिका–१ गुलरियामा एक्कासि हात्ती देखिएपछि अन्य साथीहरू भागेको र तुलबहादुर भाग्न नसक्दा हात्तीको आक्रमणमा परेको वडा नं ३ का अध्यक्ष धनप्रसाद लामाले जानकारी दिए । घटनालगत्तै पुगेको प्रहरी टोलीले हात्ती धपाएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख प्रहरी निरीक्षक डुपेन्द्रप्रसाद बुढाथोकीले जानकारी दिए । मृतकको शव परीक्षणका लागि प्रादेशिक अस्पताल लहान लगिएको छ ।

प्रकाशित मिति: शनिबार, वैशाख २, २०८०  १५:०५
Weather Update