नेपालगञ्ज विमानस्थलबाट ब्राउन सुगरसहित एक जना पक्राउ
बाँके— नेपालगञ्ज विमानस्थलबाट ४५ ग्राम ब्राउन सुगरसहित एक युवक पक्राउ परेका छन् ।
प्रहरीले शुक्रबार बिहान चेकजाँचका गर्ने क्रममा कैलालीको घोडाघोडी नगरपालिका–२ बस्ने २२ वर्षीय अमूल क्षेत्रीलाई ब्राउन सुगरसहित पक्राउ गरेको हो । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: शनिबार, वैशाख २, २०८० १३:१४