शताब्दी पुरुष सत्यमोहन पत्नीको निधन

काठमाडौं— शताब्दी पुरुष स्व. सत्यमोहन जोशीकी पत्नी राधादेवी जोशीको शनिबार बिहान उपचारको क्रममा निधन भएको छ ।
सय वर्ष पुगेकी राधादेवीको शनिबार बिहान ललितपुरको किस्ट अस्पतालमा निधन भएको जोशीका भतिजा अजरमानले जानकारी दिए । जोशीको स्वास्थ्यमा समस्या देखिएपछि १६ चैतमा किस्ट अस्पतालमा भर्ना गरिएको थियो ।
यसअघि ३० असोजमा शताब्दी पुरुष सत्यमोहन जोशीको पनि किस्ट अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।
प्रकाशित मिति: शनिबार, वैशाख २, २०८० ११:०३













