News Griha :: न्यूजगृह
भीरबाट झरेको ढुङ्गाले लागेर एकको मृत्यु

ताप्लेजुङ— तमोर नदीमा माछा मारेर घर फर्किने क्रममा भीरबाट झरेको ढुङ्गाले लागेर एकको मृत्यु गएको छ ।

आठराई त्रिवेणी गाउँपालिका–३माखातोकका ३० वर्षीय सञ्जय आङबुहाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

आङबुहाङ फुलबारीस्थितसिरुवामा पर्ने तमोर नदीमा माछा मार्न गएका थिए। घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख राजन लिम्बूले बताए । 
 

प्रकाशित मिति: शनिबार, वैशाख २, २०८०  १०:२५
Weather Update