सुरक्षा
वर्षमान पुनको घरमा गोली चल्यो, पुनकी आमा घाईते

काठमाडौं—पूर्वअर्थमन्त्री वर्षमान पुनको घरमा गएराति गोली चलेको छ ।
कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको पछुवा सुरक्षामा खटिएका सुरक्षाकर्मी प्रकाश पुनको हतियारबाट गोली चल्दा वर्षमानकी आमा तीर्थमाया घाईते भएकी छन् । उनको तिघ्रामा गोली लागेको र अहिले ट्रमा सेन्टरमा उपचार भइरहेको छ । सुरक्षा गार्डले नियतवश गोली नचलाएको प्रहरीले स्रोतले जनाएको छ ।
घटना शुक्रबार राति ९ बजेको हो । गोली चलाउने प्रहरीलाई राति नै नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ ।
‘गोली असावधानीवश चलेको देखिन्छ । घटनाको अनुसन्धान भइरहेको छ’, प्रहरी स्रोतले भन्यो । नयाँ वर्ष मनाउने भन्दै प्रकाश शुक्रबार गैरीधारामा रहेको तीर्थमाया बस्ने घरमा गएका थिए । केही समय अघि प्रकाश पनि उनीहरूसँगै सोही घरमा बस्थे ।
प्रकाशित मिति: शनिबार, वैशाख २, २०८० १०:०५













