News Griha :: न्यूजगृह
कस्तो छ तपाईंको आजको दिन ? हेर्नुहोस् राशिफल

आज मिति २०८० फागुण ११ गते शुक्रबार। तदअनुसार २३ फेब्रुअरी २०२४। तपाईंको दैनिकी कसरी बित्नेछ हेर्नुहोस् आजको राशिफल:

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) 
बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला। विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने मौका छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) 
आज जोशजाँगर र हिम्मत बढ्नेछ। मनोरञ्जनमा सहभागी भइएला। बन्धु बान्धवबाट सहयोग मिल्नेछ। पारिवारिक सद्भाव बढ्नेछ। 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) 
सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ। 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 
प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने बेला छ। नयाँ तथा रचनात्मक काम प्रारम्भ गर्ने समय छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) 
विशेष समारोहमा सहभागी बन्ने मौका मिल्न सक्छ। प्रशंसकहरू बढ्नेछन्। सहयोगीहरूले काममा साथ दिनेछन्।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
राम्रै फाइदाको योग छ। विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ। रोकिएका काम सम्पादन हुनेछन्। पठन–पाठनमा प्रगति हुनेछ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) 
केही उपहार प्राप्त हुनेछन्। मान–सम्मान पाइने समय छ। बोलीको भरमा चिताएको काम बन्नेछ। विचारले धेरैलाई आकर्षण गर्ने समय छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) 
अरूको भरले मात्र काम पूरा नहुन सक्छ। तर सहयोगीहरूको साथ जुट्नाले रोकिएका काम सम्पादन गर्न सकिनेछ। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) 
 कामको अवसर प्राप्त भए पनि तत्काल प्रतिफल हातलागी नहुन सक्छ। पहिलेका सम्झौता तोड्नुपर्ने परिस्थिति आउन सक्छ। 

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) 
प्रतिस्पर्धीहरूले हार खानेछन् भने आस मारेको नतिजा सकारात्मक हुनेछ। आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) 
साझेदारीमा आन्तरिक प्रतिस्पर्धा बढ्न सक्छ। अप्ठ्यारो पर्दा मान्यजन तथा अग्रजहरूले साथ दिनेछन्। ईर्ष्या गर्नेहरूले सताए पनि परिस्थितिले साथ दिनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) 
केही अवसर प्राप्त भए पनि ईर्ष्यालु मन भएकाहरूले सताउन सक्छन्। काममा विभिन्न उल्झन आउनाले पछि परिनेछ। 

राशिको फल जे जस्तो भए पनि तपाईंको मेहनतले नै तपाईंलाई सफल बनाउँछ। नियमित मेहनतका साथ काममा खटिनुहोस् अवश्य सफलता तपाईंका हातमा आउने छ। तपाईंको दिन शुभ बितोस् शुभकामना। 

प्रकाशित मिति: शुक्रबार, फागुन ११, २०८०  ०५:३०
Weather Update