News Griha :: न्यूजगृह
देशका केही स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौं— देशका पहाडी भूभागमा आज आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आशिंक बदली रहने छ । 

सुदूरपशिचम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थान र बाँकी भूभागका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का क्षणिक वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

प्रकाशित मिति: शनिबार, वैशाख २, २०८०  ०६:११
Weather Update