वीरगञ्जको कर्फ्यू आज ११ बजेदेखि राति १० बजेसम्मलाई हट्यो

पर्सा– जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्जमा जारी कर्फ्यू खुकुलो बनाएको छ।
प्रशासन कार्यालयले एक विज्ञप्ति जारी गर्दै आज फागुन ९ गते बुधबार बिहान ११ बजेदेखि राति १० बजेसम्मलाई कर्फ्यू आदेश स्थगित गरेको जनाएको छ।
प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले जारी गरेको विज्ञप्तिमा सर्वसाधारणको सुविधालाई ख्याल गर्दै बुधबार ११ बजेदेखि राति १० बजेसम्म कर्फ्यू स्थगित गरिएको उल्लेख छ।
सरस्वतीको मूर्ती विसर्जनको विषयलाई लिएर उत्पन्न विवादले ठूलो रुप लिएपछि प्रशासनले स्थितिलाई सामान्य गर्न कर्फ्यू आदेश जारी गरेको थियो।
प्रकाशित मिति: बुधबार, फागुन ९, २०८० ११:३१