News Griha :: न्यूजगृह
नौ हजार घुससहित एक प्रहरी अख्तियारको फन्दामा

सिरहा— सिरहामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले एक जना प्रहरीलाई नौ हजार घुससहित पक्राउ गरेको छ ।

मुद्दा मिलाइदिने भन्दै इलाका प्रहरी कार्यालय मिर्चैया मुदा शाखाका प्रहरी सहायक निरीक्षक सचिन यादवलाई बिहीबार अपरान्ह कार्यालय बाहिर सेवाग्राहीसँग नौ हजार घुस लिने क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका प्नहरी सहायक निरीक्षक यादवले मिर्चैयाकै दुई जना सेवाग्राही मध्ये एउटासँग मुद्दामा सहज बनाइदिने भन्दै नौ हजार नगद रकम र अर्का सेवाग्राहीसँग मुद्दादर्ता नगर्न दुई लाख रकमको माग गरेको अडिओको आधारमा पक्राउ गरेका छन् ।

पक्राउ परेका यादव पहिलादेखि नै कार्यलय प्रमुखहरूकै सहमतिमा सेवाग्राहीसँग अवैध रकम असुल्ने जुनसुकै मुद्दाको सेटिङ गराउने गरेको स्थानीय सेवाग्राही बताउँछन् । उनी पक्राउ पर्दा यहाँका सेवाग्राही निकै नै उत्साहित देखिएका छन् ।

यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आवश्यक प्रक्रिया पूरा गरी थप अनुसन्धानको लागि बर्दिबास लैजाने तयारी गरिरहेको जनाइएको छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १, २०८०  ०६:३४
Weather Update