News Griha :: न्यूजगृह
नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव, केही ठाउँमा हल्का वर्षाको सम्भावना
सांकेतिक तस्बिर

काठमाडौं– आज देशभरको मौसम सफा रहेको छ। अहिले नेपालमा नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव भएका कारण केही ठाउँमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाका अनुसार आज देशभरको मौसम आंशिकदेखि साधारणतया बदली रहनेछ। आज कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही सुदूरपश्चिम प्रदेशमा भने मौसम सफा रहनेछ ।

कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीमा भने एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।  त्यस्तै, उच्च पहाडी तथा हिमाली क्षेत्रमा भने थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

प्रकाशित मिति: बुधबार, फागुन २, २०८०  ०७:१७
Weather Update