News Griha :: न्यूजगृह
टीभीएसको एक लाख सेलिब्रेसन ‘एनओजी राइड’ सम्पन्न 

काठमाडौं— टीभीएस मोटर कम्पनीको लागि नेपालको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले १ लाख एन्टर्क स्कुटर बिक्री गर्न सफल भएको उपलक्ष्यमा एनओजी राइड सफलतापूर्वक सम्पन्न गरेको छ।

गत माघ २७ गते शनिबार आयोजना भएको उक्त एनओजी राइड टीभीएसको नक्साल शोरुमबाट शुरु भएर शिवपुरीको द ग्रीन भ्याली रिसोर्टमा पुगेर समापन भएको थियो । उक्त एनओजी राइडमा सहभागीहरूबीच विभिन्न गेमहरू पनि खेलाइएको थियो। 

साथै एनओजी राइडमा उपस्थित करिब १०० राइडरहरु माझ आफ्नो परिचय र अनुभव पनि आदानप्रदान गरिएको थियो। सहभागी सम्पूर्ण राइडरलाई सहभागिताको प्रमाणपत्र प्रदान पनि पनि प्रदान गरिएको थियो । साथै उक्त राइडमा स्कुटरहरू राखेर १ लाखको सुन्दर आकार पनि बनाइएको थियो। 

उक्त राइडमा हेड मार्सल गौरव पाठकले सडक सुरक्षाको बारेमा विभिन्न जानकारी प्रदान गर्नुको साथै राइडरले अपनाउनुपर्ने नियम र सुरक्षाको जानकारी पनि प्रदान गरेका थिए।  

टीभीएस एन्टर्क सन् २०१८ मा नेपालमा लन्च भएको थियो।  

प्रकाशित मिति: मंगलबार, फागुन १, २०८०  १७:५५
Weather Update