
आज २ चैत २०७९, बिहीबार । व्यतिपात गर मूल पञ्चाङ्ग । १६ मार्च २०२३ । तपाईंले आजको राशिफल हेरेर दिनको सुरुआत गर्न सक्नुहुनेछ ।
मेष : दिन राम्रो छ । बोल्दा ख्याल गर्नुहोला । बोलीकै कारण साथीभाई टाढिने सम्भावना छ ।
वृष : आम्दानी बढ्नेछ । शिक्षा र स्वास्थ्यमा राम्रो नतिजा मिल्नेछ । आफ्नो तर्कमा अडिएर लागेमा काममा सफलता मिल्नेछ । पुराना मित्रसँग भेट हुनेछ ।
मिथुन : आम्दानी बढ्नेछ । मनमा अशान्ति मिल्नेछ । धोका हुने सम्भावना छ ।
कर्कट : दिन राम्रो छ । अधुरा काम पूरा हुनेछन् । सम्पत्ति कसैले लगेको भए फिर्ता हुनेछ । उत्तरतिरको यात्रा नगरेको राम्रो हुन्छ ।
सिंह : शिक्षामा प्रगति हुनेछ । धार्मिक क्षेत्रको भेगघाटले खुसी मिल्नेछ ।
कन्या : दिन सामान्य छ । मानसम्मान मिल्नेछ । प्रेम बढ्नेछ । आफन्तले भन्दा अरुले सहयोग गर्नेछन् ।
तुला : मनमा खुसी मिल्नेछ । बोल्दा ख्याल गर्नुहोला ।
वृश्चिक : स्वास्थ्यमा समस्या हुनेछ । पराक्रम बढ्नेछ । प्रेम बढ्नेछ । प्रतिस्पर्धीसँग सचेत हुनुपर्नेछ ।
धनु : झुठा आरोप लाग्नसक्छ । आफ्नो दैनिकीमा अब्बल ठहरिनुहुनेछ ।
मकर : चामत्कारिक दिन छ । सानो कुरामा हात नलगाउनुहोला । पठनपाठनमा आलश्यता बड्नेछ ।
कुम्भ : साथीभाइबाट सहयोग प्राप्त हुनेछ । प्रेममा सफलता मिल्ने छ । शिक्षाको क्षेत्रमा सोचेका काम बन्नेछन् ।
मीन : दाम्पत्य जीवन सुखमय बन्नेछ । सकारात्मक ऊर्जा बढ्नेछ । खर्च बढ्नेछ । व्यवसायमा फाइदा हुनेछ ।













