News Griha :: न्यूजगृह
लागूऔषधसहित झापाबाट दुई जना समातिए 

झापा— प्रहरीले झापाबाट लागूऔषधसहित दुई जनालाई समातेको छ । मेचीनगर नगरपालिका–६ स्थित पुरानो मेचीपुल अगाडिबाट अवैध लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ २ ग्रामसहित दुई जनालाई बिहीबार बिहान प्रहरीले समातेको हो ।

समातिनेमा मेचीनगर नगरपालिका–८ बस्ने २७ वर्षीय अजय मेचे र २८ वर्षीय श्याम बहादुर दर्जी हुन् ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारेको हो ।
 

प्रकाशित मिति: बिहीबार, चैत ३०, २०७९  १८:५०
Weather Update