प्रधान सेनापतिद्वारा सुदर्शन सिल्वाललाई उपरथी दर्ज्यानी चिह्न प्रदान

काठमाडौं— प्रधान सेनापति प्रभुराम शर्माले बिहीबार सहायक रथी सुदर्शन सिल्वाललाई उपरथी दर्जाको दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।
नेपाल सरकारको मन्त्रिपरिषद्ले २४ चैतमा गरेको निर्णयअनुसार प्रधान सेनापति शर्माले उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी सिल्वाललाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।
पदोन्नति भएका उपरथी सिल्वाल सैनिक ईन्टेलिजेन्स महानिर्देशनालय (ईन्टेलिजेन्स कोर)को महानिर्देशकमा नियुक्त भएका छन् ।
जङ्गी अड्डामा आज आयोजित सोही कार्यक्रममा प्रधान सेनापति शर्माले महा सेनानी दर्जामा पदोन्नति भएका तीन जना प्रमुख सेनानीहरुलाई पनि पदोन्नति भएको दर्जाको दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।
प्रकाशित मिति: बिहीबार, चैत ३०, २०७९ १८:१२