अण्डा किन्ने क्रममा विवाद, श्रीमान्-श्रीमती पक्राउ

काठमाडौं— सर्लाहीमा नक्कली नोटसहित २ जना पक्राउ परेका छन् ।
मंगलबार साँझ मलङ्गवा नगरपालिका– ३ नगरपालिका चोकबाट १ हजार रुपैयाँ दरको २ थान नक्कली नोटसहित दुई जना पक्राउ परेका हुन् ।
सर्लाही प्रहरीका अनुसार पक्राउ पर्नेमा सोही नगरपालिका– ९ बस्ने नसारु खान र उनकी श्रीमती ३२ वर्षीया नसारा छन् ।
उनीहरूले अण्डा किन्ने क्रममा वादविवाद भइरहेको भन्ने खबरपछि खटिएको प्रहरीले उनीहरूलाई नक्कली नोटसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको सर्लाही प्रहरीले जनाएको छ।
प्रकाशित मिति: बुधबार, माघ १७, २०८० १६:३९