बिस्का जात्रामा हात नभएको लिंगो उठाइयो

काठमाडौं— बिस्का जात्राको क्रममा बिहीवार दिउँसो पोटरी स्क्वायरमा हात नभएको लिंगो (ल्योसिन्द्यो) उठाइएको छ ।
बिहीबार भक्तपुरको प्रसिद्ध बिस्केट जात्राको लिंगो उठाइएको हो । प्रत्येक वर्ष वर्षको अन्तिम दिन मध्याह्नमा यसरी नै लिंगो उठाउने गरिन्छ । यो लिंगोलाई स्थानीय टोलवासीले उठाउने गर्दछन् । डोरीको सहायताले लिंगोलाई उठाउने गरिन्छ ।
लिंगो उठाएको हेर्न हजारौँ स्थानीयवासी पुग्ने गर्दछन् । प्रसिद्ध बिस्का जात्राको चौथो दिन लिंगो उठाइन्छ । जात्रा २७ चैतदेखि सुरु भएको थियो । पाँंचतले मन्दिर अगाडि राखेर बनाइएको भैरवनाथको रथ तान्ने क्रमको सुरुवातसँगै जात्रा सुरु भएको थियो । भक्तपुरको बिस्केट जात्रा आठ रात नौ दिन लामो हुने गर्दछ । जात्रा ५ वैशाखमा सकिन्छ ।
प्रकाशित मिति: बिहीबार, चैत ३०, २०७९ १४:१३