News Griha :: न्यूजगृह
१६३ जना शान्ति सैनिक मध्य अफ्रिकी गणतन्त्रमा
तस्बिर: सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालय

काठमाडौं— नेपाली सेनाले मध्य अफ्रिकी गणतन्त्रमा संयुक्त राष्ट्र बहुआयामिक एकीकृत स्थिरीकरण मिसन (मिनुस्का) मा  तैनाथ शान्ति सैनिकको अदलीबदली गरेको छ ।

संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापना कार्यका लागि नेपाली सेनाले द्वन्द्वरत विभिन्न देशहरूमा शान्ति सैनिक पठाउँदै आएको छ । शान्ति मिसनमा फौज योगदान गर्ने देशहरूको वरीयतामा नेपाल दोस्रो स्थानमा छ ।

बुधबार मिसनमा तैनाथ जबरजंग गण उच्च तयारी सुरक्षा बटालियन (एचआरपीबी) चौथो डफ्फा (मेन बडी) र सैनिक प्रहरी युनिट सातौं डफ्फा (रेनफोर्स) लाई बदली गर्नका लागि भवानीबक्स गण, पाँचौं डफ्फा र सैनिक प्रहरी युनिट, आठौं डफ्फाका १६३ जना सैनिकहरूको अन्तिम टोली मिसन इलाका पुगेको हो ।

टोलीको नेतृत्व सेनानी केशवबहादुर थापाले गरेका छन् ।  

santi sena1681374433.JPG

प्रमुख सेनानी रीतबहादुर रानाभाट नेतृत्वको उक्त गणका ४६७ तथा सैनिक प्रहरी युनिटका १०३ जना गरी जम्मा ५७० सकलदर्जाहरू यसअगावै मिसन इलाकामा पुगिसकेका छन् । 

यस्तै उक्त मिसनमा तैनाथ जबरजंग गण, चौथो डफ्फा र सैनिक प्रहरी युनिट, सातौं डफ्फाका १६२ जना सैनिकहरू प्रमुख सेनानी राजेशविक्रम शाहीको नेतृत्वमा बुधबार नै स्वदेश फिर्ता भएका छन् ।

santi sena 31681374432.JPG

प्रकाशित मिति: बिहीबार, चैत ३०, २०७९  १४:११
Weather Update