प्रादेशिक अस्पताल सिरहामा आगलागी, एक जनाको गयो ज्यान

काठमाडौं— प्रादेशिक अस्पताल सिरहामा आगलागी हुँदा एक जनाको ज्यान गएको छ ।
सिरहा नगरपालिका–७ स्थित प्रादेशिक अस्पतालको जेनेरेटर राखेको घरमा बुधबार दिउँसो आगलागी भएको हो ।
दिउँसो २ बजे विद्युत् सर्ट भएर आगलागी भएको अस्पताल प्रशासनले जनाएको छ । आगलागी हुँदा बिरामीको भागाभाग भएको थियो ।
प्रकाशित मिति: बुधबार, चैत २९, २०७९ २०:५५