News Griha :: न्यूजगृह
नेपाल प्रहरीका दुई डीआइजीको सरुवा

काठमाडौं— गृह मन्त्रालयले दुई जना प्रहरी नायब महानिरीक्षक डीआइजीको काज सरुवा गरेको छ ।

प्रहरी प्रवक्ता डीआईजी पोषराज पोखरेललाई उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथको प्रमुखमा सरुवा गरिएको छ । मीरा चौधरी अतिरिक्त महानिरीक्षक एआईजीमा बढुवा भएपछि उपत्यका ट्राफिक प्रहरी कार्यालयको नेतृत्व रिक्त थियो ।

यस्तै, अर्का डीआईजी रामदत्त जोशीलाई विशेष ब्युरोमा सरुवा गरिएको छ । जोशी प्रहरी प्रधान कार्यालयको अन्वेषण योजना तथा विकास निर्देशनालयमा कार्यरत थिए ।

विशेष ब्युरोका डीआईजी सुदीप गिरी एआईजीमा बढुवा भएका छन् । 

प्रकाशित मिति: बुधबार, चैत २९, २०७९  १०:१४
Weather Update