सिन्धुलीमा भारतीय कार दुर्घटनाः चारजनाको मृत्यु

काठमाडौं— सिन्धुलीको कमलामाई नगरपालिका– ३ मा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।
तीनजनाको घटनास्थलमै र एक जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। एकजनाको सिन्धुली अस्पतालमा उपचारको क्रममा बिहान मृत्यु भएको हो।
बीपी राजमार्ग हुँदै काठमाडौं आउँदै गरेको बी आर डीडी ०६८७ नम्बरको कार राति साढे १२ बजे कमलामाईस्थित गढी गेट नजिक दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका नायब उपरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिए। कार करिब ५०० मिटर तल खसेको छ।
मृतकको सनाखत भइसकेको छैन।
प्रकाशित मिति: बुधबार, चैत २९, २०७९ ०७:०७