पाँच जना सकुशल
बैतडीमा जीप दुर्घटना, ६ जनाको मृत्यु

काठमाडौं—बैतडीमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। जयपृथ्वी राजमार्गअन्तर्गत पाटन नगरपालिका– ८ झौलेक मोडमा मंगलबार राति साढे ११ बजे जीप दुर्घटना भएको हो।
दुर्घटनामा ६ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए।
मृत्यु हुनेमा बझाङको केदारस्युँ गाउँपालिका– ५ बाँझका ६० वर्षीय मने बोहरा, सोही ठाउँका ४० वर्षीय नरे बोहरा, ३५ वर्षीय गोरख बोहरा, ४५ वर्षीय मानबहादुर धामी, ४५ वर्षीय बिर्ख धामी र ४५ वर्षीय वीरे धामी रहेका खत्रीको भनाइ छ। उनीहरू सबै एकै गाउँका हुन्।
जिपमा सवार पाँच जना सकुशल छन्। चालक सम्पर्कविहीन छन्। झुलाघाटबाट बझाङको बाग्थलातर्फ जाँदै गरेको से १ ज ७६४ नम्बरको जीप अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: बुधबार, चैत २९, २०७९ ०६:४२