बहुविवाह मुद्दाका दुई प्रतिवादी पक्राउ

झापा— बहुविवाह मुद्दाका दुई जना प्रतिवादी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाले उनीहरूलाई सोमबार पक्राउ गरी मंगलबार अदालतमा उपस्थित गराएको हो ।
पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका- १० का ३७ वर्षीय मोहनशमशेर योङहाङ र सोही ठाउँकी २७ वर्षीय पुजन सेलिङ अधिकारी रहेकी छन् ।
उनीहरूलाई फैसला कार्यान्वयनको लागि कारागार पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्र प्रसाद रिजालले जानकारी दिए ।
प्रकाशित मिति: बुधबार, चैत २९, २०७९ ०६:३५