स्लोभाकिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं— स्लोभाकिया पठाइदिन्छु भन्दै १२ लाख रुपैयाँ ठगी गरेको अभियोगमा पाँचथर फाल्गुनन्द गाउँपालिका ३ घर भई हाल ललितपुर, ललितपुर महानगरपालिका- १४ नख्खीपोट बस्ने ४६ वर्षीय एकराज नेम्बाङलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
वैदेशिक रोजगारीको लागि स्लोभाकिया जान प्रतिव्यक्ति १५ लाख रुपैयाँ लाग्छ, स्लोभाकिया पुगेपछि कन्स्ट्रक्सन कम्पनीमा वेल्डिङको काम लगाइदिन्छु, मासिक २ लाख रुपैयाँ भन्दा बढी तलब हुन्छ भन्दै प्रलोभनमा पारी पीडितबाट उक्त रकम ठगी गरी फरार भएका नेम्बाङलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले गोङ्गबुबाट पक्राउ गरेको हो ।
उनलाई कारवाहीको लागि वैदेशिक रोजगार विभागमा पठाइएको छ ।
प्रकाशित मिति: बुधबार, चैत २९, २०७९ ०६:२०