News Griha :: न्यूजगृह
नक्कली वकिल बनेर ३१ लाख ठगी गर्ने एक जना पक्राउ 

काठमाडौं—  नक्कली वकिल बनेर ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । कानुन व्यवसायी हुँ भनेर बैंकिङ कसुर मुद्दामा थुनामा रहेका व्यक्तिलाई छुटाइदिन्छु भनेर ३१ लाख रुपैयाँ ठगी गरेको आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौंले जाजरकोट छेडागाड नगरपालिका– १२ घर भएका ४९ वर्षका मानबहादुर सिंहलाई पक्राउ गरेको हो ।

उनले भरतबिक्रम सिंह, भक्तबहादुर सिंह र भरतबहादुर सिंह नाम प्रयोगमा ल्याउने गरेका थिए ।

सिंहले अरुकै नामको कानुन व्यवसायीको लाइसेन्स र सवारी चालक अनुमतिपत्र प्रयोगमा ल्याएको पाइएको जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक सीताराम रिजालले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

उनलाई ५ हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंबाट अनुमति लिइएको पनि रिजालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

प्रकाशित मिति: मंगलबार, चैत २८, २०७९  २०:५८
Weather Update