News Griha :: न्यूजगृह
बलात्कार आरोपमा न्यायाधीश भुवन गिरी पक्राउ

काठमाडौं— वैवाहिक बलात्कार आरोपमा न्यायाधीश भुवन गिरी पक्राउ परेका छन् । 

पत्नी आरती गिरी रावलले दिएको वैवाहिक बलात्कारको जाहेरीको आधारमा उनलाई मंगलबार सामाखुसीबाट प्रहरीले पक्राउ गरेको हो । 

कपिलवस्तु जिल्ला अदालतले दिएको अनुमतिका आधारमा उनलाई प्रहरीले पक्राउ गरेको हो । गत साता अदालतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । 

विवादमा परेपछि उनलाई न्यायपरिषद्मा तानिएको थियो ।

प्रकाशित मिति: मंगलबार, चैत २८, २०७९  १६:५१
Weather Update