News Griha :: न्यूजगृह
हतियार प्रदर्शन गरेको आरोपमा ‘गुन्डा नाइके’ चक्रे मिलनका बडीगार्ड पक्राउ

काठमाडौं—  ‘गुन्डा नाइके’ चक्रे मिलन (मिलन गुरुङ) का बडीगार्ड पक्राउ परेका छन् । नेपालगन्जस्थित एक होटलमा हतियार प्रदर्शन गरेको आरोपमा गणेशबहादुर बोगटी भनिनेलाई चिसापानीबाट पक्राउ गरिएको बाँकेका प्रहरी उपरीक्षक (एसपी) सन्तोषसिंह राठौरले जानकारी दिए । बोगटी नेपालगन्जकै स्थानीय हुन् ।

‘नेपालगन्जमा हतियार प्रदर्शन गरेको थाहा पाएपछि हामीले एक जनालाई नियन्त्रणमा लिएका छौं । प्रारम्भिक अनुसन्धानबाट सो हतियारको लाइसेन्स भएको जानकारी भएको छ । लाइसेन्स भए पनि प्रदर्शन गर्न पाइँदैन । त्यसैले सरकारी वकिल कार्यालयसँग राय लिएर मुद्दा अघि बढ्छ,’ उपरीक्षक राठौरले भने ।

नेकपा एमाले निकट राष्ट्रिय युवा संघको महाधिवेशनमा भाग लिन गएका चक्रे मिलनसँग बन्दुक बोकेर हिँडेको भिडिओ बोगटीले टिकटकमा पोस्ट गरेका थिए । बोगटीले ‘पोइन्ट टुटु’ हतियार बोकेर हिँडेको भिडिओ टिकटकमा भाइरल भएको छ ।

प्रकाशित मिति: मंगलबार, चैत २८, २०७९  ०८:३८
Weather Update