सालकको खपेटासहित दुई जना पक्राउ

ललितपुर— ललितपुर महानगरपालिका–१७ ग्वार्कोबाट ५ सय ग्राम तौल भएको सालकको खपेटासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा मकवानपुर बाग्मती गाउँपालिका–९ घर भई ललितपुर गोदावरी नगरपालिका–११ चापागाउँ बस्ने ३६ वर्षीय डगरमान डिमडुङ्ग र ललितपुर गोदावारी नगरपालिका–२ घर भई सोही नगरपालिका–७ थैव बस्ने ३५ वर्षीय सुरज तामाङ रहेका छन् ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त तौलको खपेटासहित फेला पारी पक्राउ गरेको हो । उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागि डिभिजन वन कार्यालय गोदावारी ललितपुरमा पठाइएको छ ।
प्रकाशित मिति: सोमबार, चैत २७, २०७९ १७:१२













