News Griha :: न्यूजगृह
उपप्राध्यापक चलाउनेको मुद्दामा सुनुवाइ सकियो, आजै फैसला सुनाउने तयारी

काठमाडौं— त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेको मुद्दामा सुनुवाइ सकिएको छ ।

बुधबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश विनोद खतिवडाको इजलासमा परेको उक्त मुद्दा बुधबार सुनुवाइ नसकिएपछि बिहीबारका लागि हेर्दाहेर्दैमा राखिएको थियो ।   

बिहीबार अपरान्ह सुनुवाइ सकिएपछि अब फैसला सुनाउने तयारी भएको छ । बिहीबार साँझसम्ममा फैसला सुनाउने र संक्षिप्‍त आदेश दिने तयारी भएको छ ।
 

प्रकाशित मिति: बिहीबार, मंसिर ७, २०८०  १५:२६
Weather Update