११८ केजी चरेससहित ३ जना पक्राउ

पर्सा— पटेर्वासुगौलीगाउँपालिका-५देउरियाबाट प्रहरीले लागूऔषध चरेस ११८ केजी र अवैध लागूऔषध गाँजा ४ केजीसहित तीनजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा पटेर्वासुगौली गाउँपालिका- ५ बस्ने ६० वर्षीय प्रदेशी राउत (थारू), मकवानपुर रक्सीराङ गाउँपालिका- ८ बस्ने ३८ वर्षीय रमेश मोक्तान र मकवानपुर मनहरी गाउँपालिका- ६ बस्ने २५ वर्षीय रेशन मोक्तान रहेका छन् ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा र वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको संयुक्त टोलीले प्रदेशी राउतको घर तलासी गर्दा उक्त परिमाणको लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
उनीहरू उपर लागुऔषध सम्बन्धी कसूरमा प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।
प्रकाशित मिति: सोमबार, चैत २७, २०७९ १६:२२













