News Griha :: न्यूजगृह
चट्याङ्ग लागेर बैतडीमा आमाछोरा घाइते

धनगढी— बैतडीमा आइतबार चट्याङ्ग लागेर आमाछोरा घाइते भएका छन् ।

आइतबार साँझ ५ बजे चट्याङ्ग लागेर जिल्लाको पुर्चौडी नगरपालिका–६ की ३५ वर्षीया पार्वती साउद र उनका ८ वर्षीय छोरा विवेक साउद सामान्य घाइते भएका हुन् ।

यस्तै चट्याङ्ग लागेर दुई भैँसी पनि मरेका र घरमासमेत क्षति पुग्नुका साथै घरमा जडित सोलार ब्याट्रीसहितका उपकरण जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक योगेश खत्रीले बताए ।

चट्याङ्ग लागेर घाइते भएका आमाछोराको अवस्था सामान्य रहेको प्रहरीकाे भनाइ छ ।

प्रकाशित मिति: सोमबार, चैत २७, २०७९  ०९:१७
Weather Update