News Griha :: न्यूजगृह
कैलालीमा जीप दुर्घटना हुँदा एकको मृत्यु

धनगढी— कैलालीमा आइतबार सु.प.प्र ०१००१ ज १४२३ नम्बरबको जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

चुरे गाउँपालिकाको–६ भिमदत्त राजमार्गअन्तर्गत फल्टुँडेमा जीप दुर्घटना हुँदा भएको हो । चुरे गाउँपालिका–६ का वर्ष १८ का भानु ठकुन्नाको निधन भएको हो ।

मेलकट्टेश्वर मावि चुरे–६ कैलालीमा अध्ययनरत ठगुन्नाको अत्तरियास्थित दुर्गालक्ष्मी मावि केन्द्रमा एसइई परीक्षामा सम्मिलित भई घर फर्कने क्रममा जीप दुर्घटनामा परेर निधन भएको प्रहरीले जनाएको छ ।

यस्तै दुर्घटनामा वर्ष १७ का हरिश धामी,वर्ष १८ की सरस्वती र वर्ष १६ का प्रकाश धामी परी घाइते भएका छन् । घाइतेहरूको पदमा अस्पतालमा उपचार भइरहेको छ ।

इलाका प्रहरी कार्यलय फलटुडेका अनुसार घाइतेहरू पनि एसई दिइएर घर फर्किरहेका मेलकट्टेश्वर माविकै विद्यार्थी हुन् ।

जीपको स्टेरिङ कन्ट्रोल गर्न नसक्दा नालिमा ठोक्किएर जीप दुर्घटना भएको खुलेको छ । जीप चालक नरसिँ धामीलाई नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति: सोमबार, चैत २७, २०७९  ०७:११
Weather Update