बलात्कार आरोपमा वृद्ध पक्राउ

ओखलढुंगा— जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले ६० वर्षीय वृद्धलाई पक्राउ गरेको छ । मानेभन्ज्याङ गाउँपालिका–२ का गोपाल कटुवाललाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक देवेन्द्र दासका अनुसार एक २४ वर्षीय युवतीलाई बलात्कार गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो ।
बलात्कृत भनिएकी युवतीको उजुरीको आधारमा कटुवाल पक्राउ परेका हुन् । थप अनुसन्धानका लागि उनलाई प्रहरीले हिरासतमा राखेको छ ।
प्रकाशित मिति: आइतबार, चैत २६, २०७९ ०९:४८













