News Griha :: न्यूजगृह
१८० किलो गाँजासहित भारतीय ट्रक नियन्त्रणमा

चितवन— भारतीय नम्बर प्लेटको ट्रकमा राखेको १८० किलो गाँजासहित चितवन प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिएको छ ।

चितवन प्रहरीले शनिबार बिहान पत्रकार सम्मेलन गर्दै ट्रक चालक भारत बिहारको पूर्वी चम्पारण रक्सौल घर भएका ३० वर्षीय कुन्दन पटेललाई गाँजासहित पक्राउ गरेको हो ।

सामान लिएर आएको ट्रक फर्कंदा गाँजा लिएर जान लागेको भन्ने सूचनाका आधारमा प्रहरीले ट्रक रोकेर खोजतलास गर्दा १६ वटा पोका बनाएर लुकाएको गाँजा बरामद गरेको थियो । घटनामा संलग्न अन्यबारे अनुसन्धान भइरहेको चितवनका प्रहरी उपरीक्षक (एसपी) रामेश्वर कार्कीले बताए ।

शुक्रबार बिहान राप्ती नगरपालिका–१ लोथर राजमार्गमा भारतीय नम्बर प्लेट बीआर– ६ जी २१२८ नम्बरको ट्रकको क्याबिनबाट उक्त परिमाणको गाँजा बरामद भएको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति: आइतबार, चैत २६, २०७९  ०६:०७
Weather Update