News Griha :: न्यूजगृह
‘पर्यटन ऐन बदल्नु छ,मभन्दा जेठो ऐन बोकेर हिँड्दैछु’

पोखरा— संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले सरकारले नयाँ पर्यटन ऐन ल्याउने तयारी गरेको बताएका छन् ।

होटल व्यवसायी महासंघ गण्डकी प्रदेशको प्रथम महाधिवेशन पोखरामा उद्घाटन गर्दै उनले समयसापेक्ष पर्यटन ऐन ल्याउन लागिएको जानकारी दिए ।

‘पर्यटन ऐन बदल्नु छ, मभन्दा जेठो पर्यटन ऐन बोकेर हिँड्दैछु । यो ऐनको प्रभावकारिता सकिएकाले नयाँ ऐन ल्याउन लागेका छौँ’, मन्त्री किराँतीले भने । वर्तमान ऐनमा भएका धेरै विषयहरू सुधार गर्दै समयसापेक्षित पर्यटन ऐन ल्याउने उनको भनाइ छ ।

पर्यटनमन्त्री किराँतीले पर्यटन ऐनका बारेमा पोखरामा समेत आएर पर्यटन व्यवसायी, होटल व्यवसायीलगायत सबै सरोकारवालासँग सुझाव र छलफल गरिने बताए ।

प्रकाशित मिति: शनिबार, चैत २५, २०७९  २१:०५
Weather Update