News Griha :: न्यूजगृह
मौलिक हक सम्बोधन गर्न आयोग निर्माणका लागि सरकार सकारात्मक : प्रधानमन्त्री दाहाल

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अपांगता भएका व्यक्तिको संविधान प्रदत्त मौलिक हकसम्बन्धी बिषयमा आयोग गठन गर्न सरकार सकारात्मक रहेको बताएका छन् ।

शुक्रबार राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दै उनले संकल्प प्रस्तावमा राखिएको अपांगता भएका व्यक्तिको संविधान प्रदत्त मौलिक हकसम्बन्धी विषयमा आयोग गठन गर्न सरकार सकारात्मक रहेको जानकारी दिएका हुन् ।

उनले भने,‘सबैभन्दा पहिले त म संकल्प प्रस्तावमा माननीय सदस्यले राख्नुभएको अधिकारसम्बन्धी विषय प्रतिष्ठान वा आयोग गठन गर्न सरकार सकारात्मक रहेको कुरा जानकारी दिन चाहान्छु ।’

अपांगता भएका व्यक्तिको संविधान प्रदत्त मौलिक हक र अन्य राष्ट्रिय अन्तराष्ट्रिय सन्धीसम्झौता र कानुनमा भएको प्रावधानको कार्यान्वयनलगायतका लागि राष्ट्रिय सभा सदस्य प्रकाश पन्थले संकल्प प्रस्ताव दर्ता गरेका छन् ।

उनले अपांगता भएका फरक क्षमता भएका मानवको सशक्तिकरण तथा विकासको लागि सरकार सैद्धान्तिक राजनैतिक र व्यवहारीकमा पनि प्रतिबद्ध रहेको बताए । 

प्रकाशित मिति: शुक्रबार, असोज २६, २०८०  १४:४७
Weather Update