हमासको आक्रमणपछि इजरायलमा बेपत्ता विद्यार्थी विपिन जोशीको खोजी भइरहेको छ : परराष्ट्रमन्त्री साउद

काठमाडौं— परराष्ट्रमन्त्री एनपी साउदले हमासको आक्रमणपछि इजरायलमा बेपत्ता भएका कञ्चनपुरका विपिन जोशीको खोजी भइरहेको बतएका छन् ।
इजरायलबाट नेपाली नागरिकसँगै गएराति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएपछि मन्त्री साउदले विपिनको खोजी भइरहेको जानकारी दिएका हुन् ।
उनले भने,‘हामीले २५४ जनालाई सुरक्षित रुपमा नेपाल ल्याएका छौँ । आक्रमणबाट घाइते भएका चारमध्ये एक जना आज हामीसँगै फर्किएका छन् । बाँकी तीन जनाको इजरायलमै उपचार चलिरहेको छ । आक्रमणपछि बेपत्ता भएका विद्यार्थी विपिन जोशीको खोजी निरन्तर भइरहेको छ ।’
उनले हमासको आक्रमणबाट मारिएका १० जना नेपालीको शव ल्याउन इजरायल सरकारसँग समन्वय भइरहेको जानकारी दिए ।
प्रकाशित मिति: शुक्रबार, असोज २६, २०८० १०:१६