News Griha :: न्यूजगृह
गैरआवासीय नेपालीलाई नागरिकता प्रयोगमा कानुनी अस्पष्टता छ : सांसद पुन

काठमाडौं— नेकपा माओवादी केन्द्रका सांसद वर्षमान पुनले गैरआवासीय नेपालीलाई  नागरिकता प्रदान गरे पनि कानुनी स्पष्टता आवश्यक भएको बताएका छन् ।

बिहीबार प्रतिनिधि सभाको बैठमा विशेष समयमा बोल्दै उनले गैरआवासीय नेपालीलाई नागरिकतामा आगामी दिनमा आवश्यक कानुन, नियम र केही कार्यविधिहरु जारी गर्न सरकारकाे ध्यानाकर्षण गराए ।

उनले भने,‘गैरआवासीय नेपालीलाई नागरिकता प्रदान गरेको छ सरकारले । त्यसलाई कानुनी रुपले कसरी प्रयोग गर्ने भन्ने अस्पष्टता अझै पनि रहेका छन् । त्यसतर्फ सरकारले आगामी दिनमा आवश्यक कानुन, नियम र केही कार्यविधिहरु छिटै जारी गर्न सरकारको ध्यानाकर्षण गर्न चाहान्छु ।’

अर्को प्रसंगमा उनले नेपालको अर्थतन्त्र अझै पनि चलायमान हुन नसकेको बताए । नेपालको अर्थतन्त्र चलायमान हुन नसकेको भन्दै अर्थतन्त्र चलाएमान गराउन र निजी क्षेत्रको मनोबल बढाउन सरकारले कडा कदम चाल्न आवश्यक रहेको उनको भनाइ छ ।

प्रकाशित मिति: बिहीबार, असोज २५, २०८०  १६:०९
Weather Update