News Griha :: न्यूजगृह
शनिबार केही स्थानमा वर्षाको सम्भावना


काठमाडौं हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार कोशी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहने छ।

कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जनरचट्याङसहित हल्कारक्षणिक वर्षाको सम्भावना रहेको छ।

 
 

प्रकाशित मिति: शनिबार, चैत २५, २०७९  ०६:४२
Weather Update