News Griha :: न्यूजगृह

काठमाडौं—  वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा मृत्यु भएका तथा बिदामा आउँदा मृत्यु भएका नेपालीले प्राप्त गर्नै बीमा रकमको ठगी गर्ने ६ जनालाई प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ ।

उनीहरूले वैदेशिक रोजगारीको लागि विदेशमा काम गर्दागर्दै विभिन्न कारणले मृत्यु भएका तथा बिदामा नेपाल आउँदा मृत्यु भएका नेपालीहरूले बीमा बापत पाउने रकम मृतकका आफन्तहरूलाई केही मात्रै दिई अन्य रकम आफूले नै ठग्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

प्रहरीले २३ चैत्रमा काठमाडौंको गोङ्गबुबाट रामबहादुर तामाङसमेत ६ जनालाई पक्राउ गरेको थियो । काठमाडौं उपत्यका अनुसन्धान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक मनोजकुमार केसीका अनुसार पक्राउ परेका तामाङको साथबाट मृतक व्यक्तिहरूको नागरिकता, राहदानी, जन्मदर्ता, मृत्युदर्ता, विवाह दर्ता, वडा कार्यालयको सिफारिस बीमा कम्पनीको लेटरप्याड लगायतका महत्वपूर्ण कागजात फेला परेको छ ।

पक्राउ पर्ने काभ्रेका वर्ष ४१ का रामबहादुर तामाङ, सर्लाहीका वर्ष ३४ का विनोदकुमार लामा, वर्ष ४० का डिकबहादुर मल्ल, ३५ वर्षका रविन्द्र मोक्तान, ३५ वर्षका प्रकाशबहादुर गोले र ३९ वर्षीय रुद्रमान गोले छन्  ।

प्रकाशित मिति: शुक्रबार, चैत २४, २०७९  १५:३८
Weather Update