News Griha :: न्यूजगृह
साउदी अरबको दमाम उडेको नेपाल एअरलाइन्सको जहाज बिचबाटो बाटै काठमाडौं फर्कियो

काठमाडौं— काठमाडौंबाट साउदी अरबको दमाम शहर उडेको नेपाल एअरलाइन्सको जहाज बिचबाटो बाटै काठमाडौं फर्किएको छ । बुधबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको आरए ४१२ नम्बरको जहाज करिब एक घण्टापछि काठमाडौं नै फर्किएको हो ।

विमानस्थल कार्यालय स्रोतका अनुसार उक्त जहाज पाकिस्तान नजिककको आकासबाट फर्किएर बुधबार राति करिब सवा ११ बजे काठमाडौंमा अवतरण गरेको थियो । उक्त जहाजका यात्रुहरूको लागि भने वैकल्पिक जहाजको व्यवस्था गरिएको छ ।

प्रकाशित मिति: बिहीबार, असोज १८, २०८०  ०७:५८
Weather Update