News Griha :: न्यूजगृह
कुन राशि हुनेलाई कस्तो लाभ ?

असोज १८ गते बिहीबार । असोज कृष्ण षष्ठी तिथि । पञ्चाङ्ग व्यतिपात वणिज मृगशिरा, सप्तमी श्राद्ध/विश्व शिक्षक दिवस ।

मेष

प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । साथीभाईको सहयोग मिल्नेछ । आयआर्जन पनि राम्रै हुनेछ ।

वृष

आफ्नो अधिकारको लागि लड्नुपर्ने छ । काम र व्यापार व्यवसायबाट फाइदा उठाउन सकिनेछ । शत्रुहरू पराजित हुनेछन् ।

मिथुन

काम गर्ने जोश, जाँगर र आत्मबल बढ्नेछ । सुखद समाचार सुन्न पाइनेछ । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ ।

कर्कट

सन्तानले प्रसन्नता दिलाउनेछन् । परिवारजनको सहयोगले फाइदा लिन सकिनेछ । मान्यजनको सहयोगमा काममा सफलता मिल्नेछ ।

सिंह

परिवारको सहयोगले महत्वपूर्ण कामको थालनी हुनेछ । व्यवसायबाट पनि फाइदा हुनेछ । साथीभाईसँग रमाइलोमा समय बित्नेछ ।

कन्या

दाम्पत्य जीवनमा खुसियाली छाउनेछ । पारिवारिक सम्बन्धमा सुधार आउनेछ । काममा सफलता मिल्नेछ । आफ्नै प्रयासले गरेका काममा भने लाभ मिल्नेछ ।

तुला

सामाजिक मानसम्मान पाइने समय छ । रमाइलो यात्राको मौका रहेकोछ। अप्ठ्यारा परिस्थितिको सामना गर्नुपर्ला । काममा केही चुनौतीहरू देखिनेछन् ।

वृश्चिक

सोचेको आटेको काममा सफलता मिल्नेछ । आम्दानीका स्रोतहरु फेला पर्नेछन् । साथीभाईसंगको सम्बन्धमा सुधार आउनेछ ।

धनु

व्यवसायबाट राम्रो लाभ मिल्ने योग छ । पढाइ लेखाइमा प्रगति हुनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । प्रतिष्ठित काम सफल गर्ने मौका छ ।

मकर

पारिवारिक सम्बन्धमा सुधार आउनेछ भने मन खुसी रहनेछ । मान्यजनको सुझावले नयाँ काममा हात लाग्नेछ । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ।

कुम्भ

धेरैले सहयोग गर्ने तत्परता देखाउनेछन् । मनग्य धन कमाउने अवसर मिल्नेछ । पुरानो समस्याले पनि झमेला आइलाग्ने योग रहेकोछ ।

मीन

पारिवारिक जमघटमा मन रमाउनेछ । विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ । स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । प्रतिष्ठित काम गर्ने मौका छ।

प्रकाशित मिति: बिहीबार, असोज १८, २०८०  ०७:२७
Weather Update