News Griha :: न्यूजगृह
चार एआईजीको पदस्थापन, को कहाँ ?

काठमाडौं— नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका चार जनालाई सरकारले पदस्थापन गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले एआईजी सन्दिप भण्डारीलाई मानव स्रोतमा, सुदिप गिरीलाई प्रदेश समन्वय निर्देशनालयमा, मिरा चौधरीलाई कार्य विभागमा र टेकबहादुर तामाङलाई अपराध अनुसन्धान विभागमा पदस्थापन गरिएको हो ।

यसअघि गृह मन्त्रालयले १३ चैतमा भण्डारी, गिरी, चौधरी र तामाङलाई नायब महानिरीक्षक (डीआईजी)बाट एआईजीमा बढुवाका लागि सिफारिस गरेको थियो । 
 

प्रकाशित मिति: शुक्रबार, चैत २४, २०७९  १२:११
Weather Update