News Griha :: न्यूजगृह
ट्वीटरको लोगोमा 'निलो चरा' फर्कियो 

काठमाडौं— माइक्रो ब्लगिङ साइट ट्वीटरको लोगोमा निलो चरा फर्किएको छ ।

सोमबार ट्वीटरका सीईओ एलोन मस्कले ट्वीटरको लोगोमा निलो चरा हटाएर कुकुरको तस्बिर राखेका थिए । 

उक्त कुकुर डजक्वाइनको मिमको तस्बिरसमेत हो । मस्कले ट्वीटरको लोगो परिवर्तन गरेपछि सो विषयमा ट्वीटको बाढी नै आएको थियो । त्यति मात्र होइन, उनको त्यो कदमले डजक्वाइनको शेयरमा ३० प्रतिशतले उछाल समेत आएको थियो । 

तर, शुक्रबार ट्वीटरको लोगो पुनः पुरानै स्थितिमा फर्किएको छ । 

 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, चैत २४, २०७९  ११:३३
Weather Update