पोखरा विमानस्थलको सञ्चार उपकरणमा समस्या, सबै जहाज काठमाडौं फर्किए

काठमाडौं— त्रिभुवन विमानस्थलबाट पोखराका लागि उडान भरेका सबै जहाज काठमाडौं फर्किएका छन् ।
बिहान यति र श्री एअरलाइन्सका जहाज पोखरा अवतरण नगरी काठमाडौं फर्केका विमानस्थल स्रोतले जानकारी दिएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चार उपकरणमा समस्या भएपछि सबै उडानलाई काठमाडौं फिर्ता पठाइएको हो ।
प्रकाशित मिति: सोमबार, असोज १५, २०८० ०९:००