News Griha :: न्यूजगृह
शुक्रबारको राशिफल

काठमाडौं—  चैत्र २४ गते शुक्रबार । पञ्चाङ्ग हर्षण कौलव चित्रा । वैशाख कृष्ण प्रतिपदा तिथि । विश्व स्वास्थ्य दिवस । आजको राशिफल यस्तो छ ।

मेष

धन सम्पत्ति आर्जन हुनेछ । साथीभाइबाट सहयोग मिल्नेछ । प्रेममा धोका हुने देखिन्छ ।

वृष

दिन राम्रो छ । सोचेर बोल्नुपर्ने देखिन्छ । मित्रहरु टाढिने भएकाले व्यवहार गर्दा सचेत हुनुपर्ने देखिन्छ ।

मिथुन

सम्पत्ति आर्जन हुनेछ । शिक्षामा गरेको श्रमको मूल्य उठ्नेछ । कुनै कामलाई निरन्तरता दिनु भलो हुनेछ ।

कर्कट

दिन राम्रो छ । पुरानो रोगबाट मुक्त हुनुहुने छ । मनमा शान्ति बढ्नेछ । प्रेममा सफलता मिल्ने देखिन्छ । शिक्षा क्षेत्रमा राम्रो प्रगति हुने देखिन्छ ।

सिंह

योजनामा बाधा अवरोध देखिन्छन् । त्यसलाई प्रतिवाद गरेर अगाडि बढेमा मात्र सफलता मिल्नेछ । दाम्पत्य जीवन संघर्षपूर्ण हुनेछ ।

कन्या

रोगले छोड्नेछ । दाम्पत्य जीवन सुखमय देखिन्छ । साथीबाट सहयोग मिल्नेछ ।

तुला

सोचेर मात्र बोल्नु राम्रो हुन्छ । पुरानो रोगले छोड्दै जानेछ । शिक्षामा गरेको लगानीबाट उन्नति हुने देखिन्छ ।

वृश्चिक

नयाँ रोगको सिकार बन्नुपर्ने देखिन्छ । रोगलाई प्रतिवाद गर्न खानपानमा विशेष ख्याल गर्नुहोला ।

धनु

आफूले गरेको संघर्षबाट आफन्तले लाभ लिनसक्छन् । शिक्षामा गरेको लगानीले फाइदा गर्नेछ । असफल भए पनि प्रयास निरन्तर गर्नुपर्ने देखिन्छ ।

मकर

झुटा आरोप लाग्न सक्छन् । अनावश्यक खर्च बढ्नसक्छ । राजनीतिक क्षेत्रमा गरेको लगानीबाट श्रम उठ्नेछ । खानपानमा ख्याल गर्नुपर्ने देखिन्छ ।

कुम्भ

बौद्धिक क्षेत्रमा तपाईंको स्थान उच्च रहने छ । खुट्टा तान्नेहरु सक्रिय रहेकाले काम गर्दा विवेक प्रयोग गर्नुपर्ने देखिन्छ ।

मीन

दाम्पत्य जीवनमा सफलता मिल्नेछ । खर्च बढ्ने योग रहेकाले सचेत भएर व्यवहार गर्नुपर्ने हुन्छ । विदेशमा भन्दा स्वदेशमा गरेको लगानीले राम्रो फाइदा मिल्नेछ ।

प्रकाशित मिति: शुक्रबार, चैत २४, २०७९  ०५:५६
Weather Update