सामान्य विवादमा खुकुरी प्रहार गरी एकको हत्या

बझाङ— बझाङमा एक जनाको खुकुरी प्रहार गरी हत्या गरिएको छ ।
छबिसपाथिभेरा गाउँपालिका–७ घट्टेका करिब ६० वर्षीय जैलु मण्डेलको सोही ठाउँका करिब ५५ वर्षीय बिजुली मण्डेलले खुकुरी प्रहार गरी हत्या गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक दीपेश चौधरीका अनुसार शुक्रबार साँझ साढे ७ बजे हत्या गरी बिजुली फरार भएका हुन् ।
‘सामान्य विवाद हुँदा बिजुलीले जैलुको घर आँगनमै गएर खुकुरी प्रहार गरी हत्या गरेको भन्ने खबर आएको छ । हामी घटनास्थलमा छौँ’, चौधरीले भने । उनका अनुसार आरोपितको खोजी कार्य भइरहेको छ ।
प्रकाशित मिति: शनिबार, असोज ६, २०८० ०६:१४