खेताला परीक्षार्थी
एसईई दिइरहेका ५२ परीक्षार्थी पक्राउ

विराटनगर— मोरङको ग्रामथान गाउँपालिका– २ स्थित सरस्वती माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट ५२ जना परीक्षार्थी पक्राउ परेका छन् ।
माध्यमिक शिक्षा परीक्षा (एसईई) दिइरहेका ५२ जना परीक्षार्थीलाई पक्राउ गरेर अनुसन्धान थालिएको मोरङ प्रहरीले जनाएको छ ।
बुधबार एकजना पक्राउ परेपछि निगरानी बढाउने क्रममा बिहीबार सामाजिक विषयमा परीक्षामा सहभागी भएका ५२ जनालाई नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ ।
एउटाको नाममा अर्कैले परीक्षा दिएको आशंका उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, चैत २३, २०७९ १०:५४