शिक्षक आन्दोलनले सास्ती

काठमाडौं— प्रस्तावित शिक्षा ऐनको विरोधमा शिक्षक कर्मचारीले थालेको आन्दोलनको दोस्रो दिन आज पनि केन्द्रीय राजधानी काठमाडौंको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ ।
माइतीघरदेखि बानेश्वरसम्म सडक ढाकेर बसेका शिक्षक कर्मचारीले आफ्ना माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहने बताएका छन् ।
आज बिहान उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको पहलमा शिक्षक नेतृत्वसँगको वार्ता निष्कर्षविहीन टुंगियो ।
आन्दोलनलाई मर्यादित र संयमित बनाउन श्रेष्ठले आग्रह गरेका थिए । शिक्षक कर्मचारीले नयाँ बानेश्वर सडक छेउछाउका बोटबिरुवा, फूल भाँचेका छन् ।
बालेनलाई चुनौती दिँदै काठमाडौंका शिक्षकले गरे सडकमै हाजिरी
नयाँ बानेश्वरमा शिक्षक र प्रहरीबीच धकेलाधकेल
गगन थापाले भने— शिक्षा विधेयक हामी सच्याउँछौं, विद्यालय बन्द नगरौँ
प्रकाशित मिति: बिहीबार, असोज ४, २०८० १६:३९













