News Griha :: न्यूजगृह
नयाँ बानेश्वरमा शिक्षक र प्रहरीबीच धकेलाधकेल

काठमाडौं— काठमाडौंको नयाँ बानेश्वरमा आन्दोलनरत शिक्षक र प्रहरीबीच धकेलाधकेल भएको छ ।

बुधबार पनि सोही स्थानमा दुई पक्षबीच धकेलाधकेल भएको थियो ।

बिहीबार दिउँसो माइतीघरदेखि बानेश्वरसम्म र्‍याली गरी प्रदर्शन गरेका शिक्षकहरूले प्रहरीले लगाएको ब्यारिकेड तोड्ने प्रयास गरेपछि प्रहरीले रोकेको छ ।

शिक्षकहरूले सरकारले संसदमा दर्ता गरेको शिक्षा विधेयकको विरोध गर्दै अनिश्चितकालीन आन्दोलन सुरु गरेका हुन् ।

प्रकाशित मिति: बिहीबार, असोज ४, २०८०  १४:१८
Weather Update